July 29th, 2016

पूर्णिमा विकास बैंकको १० लाख कित्ता हकप्रद आउँदै

purnima bikas bankपूर्णिमा विकास बैंक लिमिटेडले आगामी भदौ १ गतेबाट ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५ सय ४३ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासनपछि पुँजी ३० करोड रुपैयाँ पुग्ने छ ।