
बैंकिङ खबर । जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर ‘आइपिओ’ बिक्री बन्द गरिएको छ । कम्पनीले निष्काशन गरेको सर्वसाधारण शेयर बिक्रि बन्द गरिएको हो । कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । कम्पनीले २७ लाख ३० हजार कित्ता आईपीओ असोज ११ गतेदेखि बिक्रीको लागि खुल्ला गरेको थियो । आईपिओमा सर्वसाधारण आवेदकहरुबाट माग गरे भन्दा बढी शेयर खरिदका लागि आवेदन प्राप्त भएकोले आज बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन दिने कार्य बन्द गरिने कम्पनीले जनाएको छ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।