Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच सम्झौता

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लि. र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्र्र्जा प्रदान गर्नेछ । यसबाट “आफ्नै व्यक्तिगत घर होस्“ भन्ने सपना बोकेका ग्राहकहरुको अभिलासा पुरा गर्न सहज हुने कुरामा विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनुभयो ।

यस समझदारी पत्रमाकामना सेवाविकास बैकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.का प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय, ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखातथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, Internet Banking, Online Account Opening, C-ASBA, Social Media Banking लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने योजना रहेको जनाएको छ । बैंकले कोभिड–१९ को प्रभावले कार्यालयमा नै उपस्थित भई सेवा लिन असहज भएका ग्राहकहरुलाई घरमै बसी अनलाइन मार्फत कर्जा आवेदन गर्ने, खाता खोल्ने लगाययतका सेवाहरु लिन सक्ने व्यवस्था समेत गरेको छ ।

Ad