यति डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १३ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले यसपाली ३७ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने ४२ करोड ३६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । १ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँभन्दा वढि छ । बैंकको सेयरको मूल्य आम्दानी अनुपात १२.३ गुणा छ । प्रति सेयर नेटवर्थ १०० रुपैयाँभन्दा वढि छ ।
२५ वटा शाखा र २० वटा एटीएमको सुबिधा सहित ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले अनमोल बचत, सेफ्टी सेभिङ्ग, बिभिन्न मुद्दती खाता, जेष्ठ नागरीक , नारी बचत जस्ता खाताहरुमा ६ देखि ७.५० प्रतिशत सम्मको आकर्षक ब्याज दर सहितको निक्षेप योजनाहरु तथा ९.९९ प्रतिशत देखि १२ प्रतिशत सम्मको आकर्षक घर कर्जा, जग्गा कर्जा , गाडि कर्जा , शेयर कर्जा , ब्यक्तिगत कर्जा , ब्यापारीक कर्जा जस्ता बिभिन्न कर्जा योजनाहरु प्रस्तुत गरेको छ । निकट भबिष्यमा नै आफ्नो शाखाहरु बिस्तार गर्दै देशका बिभिन्न क्षेत्रका ग्राहकहरुलाई समेट्ने बैंकको योजना रहेको छ ।