September 30th, 2020

जनरल इन्स्योरेन्सको ‘आइपिओ’ भर्ने आज अन्तिम दिन !

बैंकिङ खबर । जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारणस शेयर ‘आइपिओ’को लागि आवेदन दिने आज अन्तिम रहेको छ । बुधबार अर्थात आज इन्स्योरेन्स कम्पनीको आवेदन दिने अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले निष्काशन गरेकाको आइपिओ मंगलबार बेलुका ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९० कित्ताको लागि आवेदन दिएको छ । कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा असोज ११ गतेदेखि निष्काशन गरेको थियो । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ । यस कम्पनीले निष्काशन गरेकोआइपिओमा आवेदन माग भन्दा धेरै परेकोले न्यूनतम १० कित्ता अर्थात एक हजारमात्र लगानी गर्नुपर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]