Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ‘ट्राफिक पोल’ हस्तान्तरण

२०७७ आश्विन १३ गते

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ‘ट्राफिक पोल’ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई पोल हस्तान्तरण गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । यस अघि पनि मिति २०७७ बैशाख ३१ बैंकले ट्राफिक जनचेतनाको निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो । बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याेउने र ट्राफिक जाम कम भई दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । महानगरीय ट्राफिक महाशाखाले समाज उपयोगी कार्यमा बैंकले सहयोग गरेको भन्दै धन्यवाद दिएको छ । बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको छ ।

 

Ad