
बैंकिङ खबर । शेयर बजारमा बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनमा सहभागि हुन करिब ५ दर्जन कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा ५७ वटा संस्थागत लगानीकर्ताले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन सहभागि हुन आवेदन दिएका हुन् । बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी बुक विल्डिङ निर्देशिका २०७७ अनुसार योग्यता पुगेका संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र आवेदन पेश गर्न भनेको थियो । सोहि सूचनासँगै ५७ वटा कम्पनीले आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन परेका मध्ये बोर्डको मापदण्डअनुसार कागजात पुगेका कम्पनीलाई छिटोभन्दा छिटो स्वीकृत दिने तयारी भैरहेको बोर्डले जनाएको छ । हालसम्म सूचिकृत मर्चेण्ट बैंकर, सामूहिक लगानी कोषका योजनाहरु, सूचिकृत कम्पनीहरुले आवेदन दिएका छन् । बोर्डले स्वीकृती दिएपछि योग्य संस्थागत लगानीकर्ताले बुक विल्डिङ प्रणालीबाट निर्धारित मूल्यमा आइपिओ निकाल्न पाउनेछन् ।
कस्ता कम्पनीले बुक बिल्डिङ बिधिमा आइपिओ निष्कासन गर्न पाउँछन् ?
बुक बिल्डिङ प्रणालीमा सभागि हुन धितोपत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचिकृत संस्था सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र माइताप्राप्त अवकाश कोषमात्र योग्य हुनेछन् ।आइपिओ निष्काशन गर्नको लागि साधारणसभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्पनीतमा ५० प्रतिशत रहेको हुनुपर्दछ । रेटिङ पनि औसत वा औसत भन्दा माथि हुनुपर्दे व्यवस्था छ । बुक बिल्डिङ विधिबाट आइपिओको बिक्री मूल्य निर्धारण गरी संस्थागत सर्वसाधारण लगानीकर्ता लागि ६० प्रतिशत विक्री गर्नुपर्ने बोर्डको व्यवस्था रहेको बछ । बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रणालीबाट आइपिओ निष्काशन गर्न कम्पनी लगातार ३ वर्षदेखि मुनाफमा सञ्चालन हुनुपर्दछ ।