Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Old Post dont touch बैंकिङ सूचना

मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ती ‘एक्विजिशन’ गर्ने

२०७७ आश्विन १२ गते

मर्मिरे लघुवित्त संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने भएको छ । बनेपाको काभ्रेपलान्चोकमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती ( एक्विजिशन ) गर्ने भएको हो । मर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ती ‘एक्विजिशन’ गर्ने गरी प्रारम्भिक समझदारी–पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष टेक बहादुर बोहरा र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्याम कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
 एक्विजिशन कार्य सम्पन्न गर्न मिर्मिरे लघुवित्तका तर्फबाट सञ्चालक समितिका सदस्य सन्तोष फुया्ल र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सञ्चालक समितिका सदस्य राजकुमार श्रेष्ठ रहेको संयुक्त प्राप्ती समिति गंठन भएको छ । पूँजीको आधार बलियो बनाई वित्तीय संस्थाको सबलीकरणका लागि नेपाल राष्ट्र बैंकबाट मर्जर तथा एक्विजिशन प्रकृयालाई प्रोत्साहन गर्दै आएको तथ्यलाई मध्यनजर गर्दै प्रचलित कानूनमा भएको व्यवस्था बमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी सबल, दीगो र उत्कृष्ट स्तरको “घ” वर्गको वित्तीय संस्थाहुने लक्ष्यले एक्विजिशन गर्ने सम्बन्धि प्रारम्भिक समझदारी–पत्रमा हस्ताक्षर गरेको हो । कोभिड–१९ को जोखिमन्यूनीकरण गर्न नेपाल सरकारले गरेको बन्दाबन्दीकै अवस्थामामिर्मिरे लघुवित्तले स्वेडा र नागबेली लघुवित्तलाई प्राप्ती गरि एकिकृत कारोबार संचालनभईसकेको छ । राष्ट्रिय स्तरकार्यक्षेत्र रहेको मिर्मिरेको चुक्ता पूँजी ४० करोड र ११६ वटा शाखा रहेका छन् । हाल श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका चुक्ता पूँजी रु. ७ करोड रही २० वटा शाखा सञ्जाल रहेका छन् । एक्विजिशनकार्य सम्पन्न पश्चात चुक्ता पूँजी ४७ करोड हुने भएको छ । मिर्मिरे लघुवित्तले यस पूर्व नै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेको छ । भने श्रृजनशील र स्वेडाको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफपिओको माध्ययमबाट जारी गर्ने जनाएको छ । समझदारी पत्रमा हस्ताक्षर समारोह कार्यक्रममाबोल्दैमिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका सदस्य सन्तोष फुयाल्ले बन्दाबन्दीकै अवस्थामादुई लघुवित्त एक्विजिशन गरि सफलएकिकृत कारोबार गर्न सफलभएकाले सो को अनुभवको आधारमा श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको एक्विजिशनकार्य समेत निर्दिष्टसमयमा सम्पन्नहुने विश्वास व्यक्त गरेका थिए । सो  हस्ताक्षर कार्यक्रममा मिर्मिरेको तर्फबाट सञ्चालक संजय श्रेष्ठ र सन्तोष फुयाल् तथा श्रृजनशीलको तर्फबाट सञ्चालक राजकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत बटुक कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।