Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर भोलिबाट बिक्री, प्रतिकित्ता मूल्य कति ?

२०७७ आश्विन १२ गते

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर भोलि (असोज १३ गते मंगलबार) देखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले असोज १३ गतेदेखि असोज १९ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

Ad