September 27th, 2020

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ रेमिट’ले अष्ट्रेलियाबाट रेमिट सेवा सञ्चालन ल्याएकोे छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले ‘मुक्तिनाथ रेमिट’ मार्फत नेपालमा जुनसुकै बैंकको खातामा रकम पठाउन सकिने भएको हो । अष्ट्रेलियाबाट नेपाल पैशा पठाउन (Muktinath Remit Australia)को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.audf Log in गरी वामोबाईल एप्सबाट नेपालमा रकम पठाउन सकिने भएको छ । साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको जुनसुकै एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिने छ । थपविस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको :https://www.muktinathremit.com.au पनि हेर्न सकिनेछ । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]