सुप्रिम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ मा १७ करोड ६३ लाख ७२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा १० करोड ८ लाख ४९ हजार रूपैयाँ धेरै मुनाफा कमाएको हो । अघिल्लो आवमा बैंकले ७ करोड ५५ लाख २३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले ३१ करोड ९१ लाख ८८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको छ । ९३ करोड ३३ लाख ६५ हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २६ करोड ६३ लाख ५३ हजार रूपैयाँ राखेको छ । यो अवधिमा बैंकले ८ अर्ब ३० करोड २८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ४१ करोड २१ लख ७७ हजार रूपैयाँ कर्जा प्रवाह गर्न गरेको छ ।
०.३९ प्रतिशत निष्कृय कर्जा रहेको बैंकको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ९० पैसा हुँदा प्रतिसेयर नेटवर्थ १ सय २८ रूपैयाँ ५४ पैसा पुगेको छ । मर्ज प्रक्रियामा रहेकाले हाल सुप्रिमको सेयर कारोबार रोक्का छ ।




