September 25th, 2020

राष्ट्र बैंकले सार्वजनिक गर्यो बर्तमान आर्थिक अबस्था (पूर्ण पाठसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक रिपोर्ट सार्बजनिक गरेको छ । जसमा नयाँ आबको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा उल्लेख भए अनुसार ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।
 आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.९ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको छ ।
 शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.१ अर्ब ९५ करोड र राजस्व परिचालन रु.५८ अर्ब ८१ करोड छ ।
 विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको
छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन सकेको छैन वार्षिक विन्दुगत
आधारमा भनेनिक्षेपको वृद्धिदर १९.० प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर ११.३ प्रतिशत छ ।

nrb ist aa

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]