September 25th, 2020

महालक्ष्मी विकास बैंकको थप नयाँ शाखा सिराहाको गोलबजारमा

महालक्ष्मी विकास बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले असोज ९ गते सिराहाको गोलबजारमा नँया शाखा विस्तार गरी संचालनमा ल्याएको हो । उक्त शाखाकार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याेउने उद्देश्यले शाखाबिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]