September 23rd, 2020

लघुवित्तको महत्व बुझीदिनुस् ! नेत्रविक्रम चन्द (बिप्लब) लाई लघुवित्तकर्मीको मार्मिक पत्र

आदरणीय दाजु बिप्लब नमस्कार
हामी स परिवार नेपालि अहिले सम्म त आरामै छौ तर यहां समक्ष यो पत्र पुग्ने बेलासम्म भने थाहा छैन किनभने देशै भरी कोभिड ( १९ ) ले आक्रान्त पारेको छ । यो पत्र लेख्दा सम्म त दौडिरेका छौ भेटाउन सकेको छैन तर अब थाकिसकेका छौ कतिखेर भेटाउछ र भेटाएपछि छोड्छ या संगै लैजान्छ भन्न सकिदैन । खयर केहि छैन हाम्रो पिर नलिनु होला तर हजुरको भने के छ खबर केहि थाह पाउन सकिएन तै पनि आशा छ आरामै हुनुहुनेछ ।

म पहाडि बस्तिको एक गरिब परिवारमा जन्मिएर हुर्किएको एक नेपालिको छोरो अनि तपाई पनि तेस्तै परिवेशमा र तेस्तै बाताबरणमा हुर्किएको अर्को नेपालिको छोरो यस हिसाबले तपाई र मेरो बिचमा धेरै समानता पाईन्छ वा धेरै कुराको मेल खान्छ, त्यसैले नेपाली आमाको छोराको नाताले तपाई र म नाताले दाजु भाई पर्छौ । तर कर्म भनौ या कार्य क्षेत्र भनौ तपाई र मेरो बिल्कुलै भिन्न छ । तपाई एक राजनितिककर्मि हुनुभयो भने म जागिरे भए । हामी दुई दाजु भाईको कार्यक्षेत्र फरक भएतापनि उदेश्यमा भने मेल खाएको देखिन्छ ।

म पेशामा एक लघुवित्तकर्मि भएतापनि मेरो उदेश्य भनेको सहरका सुकिला मुकिला साहु महाजनहरुको पेलाईमा परेका, अपहेलित भएका, नपत्याईएका, गरिब, निमुखा असाय बिकट ग्रामिण भेगका तथा कथित तल्लो जात बर्ग जसका लाउने कपडा च्यातिएर टालो हालेका वा च्यातिएर शरिका भागहरु नढाकिएका, जसका घरको अवस्था घामपानी छेक्न नसक्ने रहेका, जसका खेति गर्ने जमिन नभएका, जसले स्कुलमा बाल बच्चाको शुल्क फि तिर्न नसकेका, बिहान बेलुका छाक टार्न साहु महाजनको श्रममा भर पर्नुपर्ने अबस्था रहेका, केहि काम गर्नको लागि जग्गा धितो राखेर कर्जा लिन नसकि बैकिङ कार्यक्रमबाट बन्चित रहेका बर्गका सबै नागरिकलाई समान हिसाबबाट साना सानाकर्जाको माध्यामबाट बैकिङ कार्यक्रम गर्न सिकाई परनिर्भर हुन छाडेर आफ्नै पेशाबाट आत्मनिर्भर बन्न लगाउने, समाजमा धार्मिक भेदभाब, लैङ्गिक बिभेद, घरेलु हिंसाका बिरुद्धमा शिक्षित बनाई सुद्रिढ समाज र समुन्नत नेपालीको अभियानबाट गरिबि न्युनिकरण गर्ने महान उदेश्यका साथ भिर, पाखा पखेरा, हिउ, असिना, घाम, पानी ,हावा, हुरी,चटयाङ्ग, बाग, भालु कुनै चिजको प्रवाह नगरी लड्दै, घिस्रदै, बामे सर्दै हात, गोडा र ज्यान भरी काटेका, काडो गोपेका, ढुंङ्गामा ठोकिएर पुरै शरिर भरि काला निलडाम पारेर , पैतालामा फोका पारेर गाँउगाँउमा पुगेर लघुवित्तको माध्यमबाट गरिबि घटाउने महान अभियानमा लागेको छु । दाजु पेशाकर्मि भन्दैमा आज सम्म मैले नक्कलि बिल बनाएर एक पैसा खाएको छैन, सेवाग्राहिलाई सेवा दिए बापत एक रुपैया घुस खाएको छैन, सेवामा कार्यरत रहदा सेवाग्राहिलाई कुराएर ढिलासुस्ति पनि गरेको छैन, कुनै पनि सेवाग्राहिलाई आज सम्म दुख दिने काम पनि गरेको छैन, सेवाग्राहिलाई राय, सल्लाह र सुझाब दिएर कुनै कमिशन पनि खाएको छैन, वित्तीय कारोवार गरेर भएको वार्षिक आम्दानि एक पैसा पनि नलुकाई नियमानुसार सरकारलाई कर पनि तिरिरहेकै छु त्यसैले दाजु हजुरको नजरमा परेका पेशाकर्मी भन्दा बिल्कुलै फरक छु भने दाजु पनि यस्तै गरिब जनताको मुक्तिका लागि देशमा सोषित बर्गको मुक्तिकालागि भन्दै आफ्नै ज्यानको समेत प्रबाह नगरी यहि अभियानमा हिड्नु भएको सुन्छु तर फरक यत्ति हो यहि उदेश्यमा म बैध रुपमा नियम कानुन अनुसार हिडेको छु भने यहाँ र यहाँको राजनितिकदललाई नेपाल सरकारले प्रतिबन्ध लाएको अबस्था रहेकोले हजुर भुमिगत रुपमा हिड्नु भएको छ । फरक यत्ति हो ।

दाजु हजुर प्रति मेरो केहि गुनासाहरु प्नि छन् । उदेश्य तपाई र मेरो बिचमा केहि फरक पाईन । दुबैको उदेश्य गरिबि हटाउने तर काम गराई किन फरक हन्छ दाजु ? तिनै गरिबसँग बित्तीय कारोवार गर्दा, तिनै गरिबलाई आत्मनिर्भर बनाउँदा, तिनै गरिबका ब्यबशाय फस्टाउदा कहिले म र म जस्तै लघुवित्तकर्मी वा अभियान्तालाई थर्काईन्छ, कहिले कुटिन्छ त कहिले अपहरणको नाममा अज्ञात राखिन्छ त पहिले तिरेका कर्जा समेत फिर्ता गरिन्छ । किन यस्तो दुख, कष्ट र सजाय दिईन्छ अनि म चै गरिबकै छोरो हो भन्ने चै भुसुक्कै भुल्लु भयो दाजु । सप्पन्न सालि, धनि, साहु, महाजनको छोरो भएको भए म पनि अमेरिका, अष्ट्रलिया, युरोप तिर ह्विस्की लडाउदै हिड्थे होला नि दाजु शरिर भरि निलडाम पार्दै किन हिड्थे होला र ? गरिलाई सेवा गर्नु नै मेरो कमजोरी होर दाजु ?

अहिलेको कोभिड १९ ले जन्माएको संकटको अबस्थामा समेत ने.रा.बैंको मौद्रिक निति मार्फत समेत कर्जा लिएका ऋणिहरु मध्ये तिर्न सक्ने क्षमता भएकाहरुले किस्ता तिर्ने, किस्ता तिर्न नसक्नेले ब्याज तिर्ने र ब्याज पनि तिर्न नसक्नेहरुको हकमा ६ महिना सम्म समय दिने भनेको छ भने यहां तिर्नै पर्दैन त भनेको छैन नि दाई हजुरअनि मैले पनि सोहि अनुसार किस्ता तिरेका हरुको किस्ता, ब्याज तिरेकाहरुको ब्याज अनि तिर्न नसक्ने हरुको लागि समय दिएकै छु मैले कहां तिर्न नसक्ने सेवाग्राहिलाई बलजफती तिर्न बाध्य पारेको छु देखाईबक्सियोस त दाजु अनि फेरि किन त म र मेरा साथिहरुलाई तपाई अनि तपाईको पार्टिको नामबाट धम्क्याउने, थर्काउने काम हुन्छ त दाजु ? तपाईकै कारणबाट मैले जागिर छोड्न बाध्यपर्यो भने मेरो परिवारको हालत बुझ्नु भएको दाजु । मेरो परिवारमा ९५ बर्षको हजुरआमा, ८५ बर्षको बुबा, ८४ बर्षको आमा, ८ देखि १० सम्म पढ्ने ४ वटाभाई बहिनि, १ श्रीमति, १ देखि ४ सम्म पढ्ने ४ वटाछोरा छोरी गरेर म सहित एक दर्जन परिवार केवल मेरै जागिर बाट चलेको छ । अनि सम्झनुत के म धनि परिवारको ब्यक्ति हो त ? मेरो जागिर नभए मेरो परिवार चल्छ त ? एउटा गरिबि न्युनिकरणमा लागेको अभियान्तालाई अर्को तपाइको बिचारमा सोहि अभियानमा लागेको अभियान्ताले गरेको काम ठिक भयो त दाजु यि कामको गम्भिर समिक्षा गर्नु पर्ने हो कि ?
अन्तमा दाजु भबिष्यको बारेमा कसैलाई केहि थाह हुदैन, जस्तो : राणा शासनबाट पन्चायत, पन्चयतबाट प्रजातन्त्र र प्रजातन्त्रबाट लोकतान्त्रिक गडतन्त्रहुने कसैलाई थाहा थिएन आयो । स्थापना भएका बैंक तथा वित्तिय संस्थाहरु कुनै समयमा पनि बन्द गर्नु परेन अब यहांहरुको राजनैतिक दलबाट देशमा शासन संचालन गर्ने अबस्था आएमा यि सबै भएका बैंक तथा वित्तीय संस्था बन्द हुन्छन त ? वा धितो कर्जा मात्र प्रदान गर्ने ठुला बैंक मात्र राखेर अन्य वित्तीय संस्था खारेज गर्ने हो त ? वा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिएका कर्जाहरु तिर्न पर्दैन भन्नु हुन्छ त जनताहरुलाई ? यहांहरुलाई यि संस्थाहरुको आबश्यकता नै पर्दैन त ? यि संस्थाहरुले गरिबहरुको लागि केहि भुमिका नै खेलेको छैन त ? त्यसैले दाजु अहिलेको राजनैतिक दल वा बर्तमान सरकार संचालन दलसंग यहांहरुको पक्कै पनि बिमति होला, बिभेद होला, हेर्ने दृष्टकोण फरक होला तर यहाँहरुबाट हामी जस्ता गरिबको हितमा काम गर्ने गरिबकै छोरा छोरीले दुख पाउनु शोभनिय कार्य हुदै होईन बरु यहांहरुको ध्यान निजि स्थरमा खोलिएका गरिबमार हस्पिटलतिर जान जरुरी छ, गरिबका छोरा छोरी पढाउन नसक्ने निजि स्कुलतिर जान जरुरी छ र गरिबका छोरा छोरीले पढ्न नपाउने निजि कलेज तिर जान जरुरी छ । अन्तमा दाजु जिउदालाई गलाउने कम गर्नु होला हामि मरेका त गलेकै छौ किन गलाउन पर्यो र ????
उहि तपाईको भाई
गरिब परिवारको छोरो
अर्जुन पोखरेल, लघुवित्तकर्मी ।

सम्पूर्ण कुरा लेखकको नीजि धारणा हुन् (स)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]