इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, १६ लाख कित्ता सर्वसाधारणलाई

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १६ लाख कित्ता सर्वसाधारणलाई लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने बैंकको योजना छ । बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ मा असोज ५ मा निवेदन दिएको छ । बैंकले ८.५ प्रतिशत प्रतिफल दिनेगरी सात वर्षे परिवक्व अवधिको ऋणपत्र जारी गर्न बोर्डको अनुमति मागेको हो ।बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये बैंकले ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।


सोसिअल मेडिया