खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

 

 

 

 

बैंकिङ खबर । खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिन भएका छ । खल्ती डिजिटल वालेट प्रयोगकर्ताले खाद्य व्यवस्था तथा व्यापारीक कम्पनी लिमिटेडबाट सामान खरिद गर्दा सामग्रीको भुक्तानी मोवाइल वालेटबाट तिर्न मिल्ने भएको हो ।ग्राहकले खाद्यन्न लगायतका विभिन्न सामाग्रीको रकम मोवाइल वालेटबाटै भुक्तानी गर्न ग्राहकले कम्पनीको ‘नेपालफड डटकम जिओभी डट एनपी’ वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती वालेट विकल्प छनौट गरी आवश्यक सामानको मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णालीको सिमी, गेडागुडी, दूग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलोलगायतका सामग्रि विक्री गर्दै आएको छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र होम डेलिभरी समेत दिँदै आएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
कसरी डाउनलोड गर्ने खल्ती एप ?
खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।


सोसिअल मेडिया