Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले आजदेखि ‘आइपीओ’ बिक्री गर्दै

२०७७ आश्विन ७ गते

बेंकिङ खबर । युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले बुधबार (आज) देखि प्राथमिक सेयर ‘आइपिओ’ बिक्री खुला गरेको छ। हाइड्रोपावर कम्पनीले प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख २० हजार कित्ता प्राथमिक सेयर ‘आइपिओ’ बिक्री खुला गरेको हो । कम्पनीको आइपीओ छिटोमा २१ गतेसम्म र सबै कित्ता सेयर बिक्री नभएमा ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले निष्कासन गरेको सेयरमा प्रतिकित्ता १०० रुपैयाँमा न्यूनतम १० कित्ता र अधिकत्तम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले संस्थापकबाट ७५ प्रतिशत सेयर स्वामित्व कायम गरी चुक्ता पुँजी ३१ करोड ५० लाख कायम गरेको छ। कम्पनीले अब १० प्रतिशत स्थानीय र १५ प्रतिशत सर्वसाधरणबाट सेयर कायम गरी १०० प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो। कम्पनीले जारी पुँजीको २५ प्रतिशत आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो। कम्पनीले स्थानीयलाई र सर्वसाधारणलाई गरी जम्मा १० लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गर्न लागेको हो।कम्पनीको प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ८५.८२ रुपैयाँ छ। आव २०७७/७८ मा प्रतिसेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

Ad