July 28th, 2016

फेवा विकास बैंकको नाफा ३० करोड

fewa bikas bankपोखरामा मुख्य कार्यालय रहेको फेवा बिकास बैंकले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा कमाएको छ । बैंकले अघिल्लो बर्ष भन्दा झण्डै ९ करोड बढी नाफा कमाएको हो । 

चुक्ता पूँजी ९९ करोड रहेको बैंकले प्रति शेयर आम्दानी ३० रुपैयाँ नघाएको छ । निक्षेप संकलन र कर्जा बिस्तारलाई तीब्र पारेको बैंकले निस्क्रिय कर्जा अनुपात घटाएर ब्याज आम्दानी र संचालन मुनाफा बढाएको छ । प्रति शेयर नेटवर्थ १४९ रुपैयाँ रहेको फेवाको मूल्य आम्दानी अनुपात १८.५४ गुणा रहेको छ । बैंकको पूँजी कोष पर्याप्तता १३ प्रतिशत भन्दा माथि र जगेडा कोष चुक्ता पूँजीको झण्डै आधा अर्थात ४९ करोड रहेको छ ।