Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फेवा विकास बैंकको नाफा ३० करोड

२०७३ श्रावण १३ गते

fewa bikas bankपोखरामा मुख्य कार्यालय रहेको फेवा बिकास बैंकले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा कमाएको छ । बैंकले अघिल्लो बर्ष भन्दा झण्डै ९ करोड बढी नाफा कमाएको हो । 

चुक्ता पूँजी ९९ करोड रहेको बैंकले प्रति शेयर आम्दानी ३० रुपैयाँ नघाएको छ । निक्षेप संकलन र कर्जा बिस्तारलाई तीब्र पारेको बैंकले निस्क्रिय कर्जा अनुपात घटाएर ब्याज आम्दानी र संचालन मुनाफा बढाएको छ । प्रति शेयर नेटवर्थ १४९ रुपैयाँ रहेको फेवाको मूल्य आम्दानी अनुपात १८.५४ गुणा रहेको छ । बैंकको पूँजी कोष पर्याप्तता १३ प्रतिशत भन्दा माथि र जगेडा कोष चुक्ता पूँजीको झण्डै आधा अर्थात ४९ करोड रहेको छ ।