Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता 

२०७३ श्रावण १३ गते

IMG_8150“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ देशमा  रेमिट्यान्स भित्र्याउँदै आएको कम्पनी इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र माछापुच्छ्रे बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे । 

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्समार्फत आएको रकम माछापुच्छ्रे बैंकका देशभरी रहेका ५६ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ । विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारीे दिए ।  

इजी लिंक रेमिट्यान्सले  विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउने, आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पारेको छ । इजी लिंक रेमिट्यान्सले  खाडी तथा अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए । 

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी गराए ।