Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंक पनि विलेनियर क्लवमा

२०७३ श्रावण १३ गते

global ime bankग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ग्लोबल आईएमई बैंक पहिलोपटक विलेनियर क्लवमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकले ९६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले अघिल्लो बर्ष दुई अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यसपाली बढाएर दुई अर्ब ८८ करोड  ९५ लाख रुपैयाँ पुर्याएको छ । यसवाहेक विदेशी विनिमयबाट हुने आम्दानी पनि वढेको छ । अघिल्लो बर्ष ५४ करोड ८६ लाख नोक्सानी व्यवस्थापन गरेको बैंकले यसपाली ५९ करोड रुपैयाँ गरेको छ । बैंकले ७४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल कर्जा लगानी १० अर्ब रुपैयाँबाट बढाएर ६० अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । 
 
बैंकले डुबेकोमध्ये २५ करोड २२ लाख रुपैयाँ उठाएको छ । बैंकको खराव कर्जा २.२३ प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको पुँजी कोष अनुपात १२.३५ प्रतिशत छ । बैंकको प्रतिशत सेयर आम्दानी साढे २२ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २२.८९ गुणा छ ।