September 21st, 2020

सानिमा जनरल इन्स्योरेन्सलाई ‘आईपीओ’ निष्काशन गर्न दियो बोर्डले अनुमति

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर ‘आईपीओ’ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएको छ । बोर्डबाट कम्पनीले सोमबार आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ । कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटललाई निष्काशन गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]