Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकले भन्यो ‘मर्जरको विषय हल्ला मात्रै हो, कुनै निर्णय भएको छैन’

२०७७ आश्विन ५ गते

बैंकिङ खबर । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरको कुर्नै निर्णय नभएको बताएको छ । मर्जरको लागि हिमालयन बैंकलाई कुनै पत्राचार पनि नगरेको उसको भनाई छ । यसअघि आइतबार नेप्सेले हिमालयन बैंकसँग मर्जर गर्ने चर्चा गरेर सेयर मूल्य बढाएको विषयमा स्पष्टिकरण सोधेको थियो । सो को जवाफमा सिभिल बैंकले नेप्सेलाई पत्राचार गर्दै समाचारमा आएका कुरा सत्यतथ्य नभएको जनाएको हो । उसले समाचारप्रति पनि बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मर्जरबारे बैंकबाट कुनै पनि औपचारिक निर्णय नभएको जनाएको छ ।

Ad