प्राइम कमर्सियल बैंकले शेयर बिक्री गर्दै !

बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले शेयर बिक्री गर्ने भएको छ । बैंकले इच्छुक संस्थापक शेयरधनीहरुलाई संस्थापक शेयर खरिद गर्न सूचित गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो । सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी बिक्रिका लागि प्राप्त उक्त शेयरहरु संस्थापक शेयर खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरु खोजि बिक्रि गरिने बैंकले जनाएको छ ।


सोसिअल मेडिया