September 20th, 2020

टाटा अल्ट्रोजको प्रिमियम ह्याचब्याक अब नेपालमा, मुल्य कति ?

बैंकिङ खबर ।  नेपालमा टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक सार्वजनिक भएको छ। टाटाको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ अल्ट्रोजको डिजिटल प्रबिधि मार्फत आइतबार सार्वजनिक गरेको हो। यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ। यसमा रहेको मल्टि ड्राइभ सिटि र इको ) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्ने कम्पनीको दावी छ। अल्ट्रोजमा आइडल स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका बिशेषताहरु रहेका छन। प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडि, सिएससि र डुअल एअरब्यागहरु रहेका छन्। सिप्रदीले टाटा अल्ट्रोजको सुरुवाति मुल्य रु २९ लाख ९९ हजार कायम गरेको छ। टाटा अल्ट्रोज अल्फा  ( एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो। यसले ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग समेत पाएको छ। यसमा गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन। प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पुयाउने टाटा मोटर्सका प्यासेन्जर भेहिकलको इन्टरनेसनल बिजनेस हेड सुजन रोयले बताए। ‘अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौं,’ उनले भने। प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए। ‘नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं। यो हाम्रो लागि महत्वपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं,’श्रेष्ठले भने।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]