
बैंकिङ खबर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से साताको पहिलो दिन आज (आइतबार) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक आज ३ दशमलव ०० अंकले बढेर १ हजार ५७५ दशमलव १८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १२ अंकले बढेर ३१३ दशमलव ६२ मा पुगेको छ ।
कूल १८७ वटा कम्पनीको ९१ लाख ५० हजार १९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७१ करोड ५२ लाख ६७ हजार ६०३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर भने घटेको छ ।