Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Old Post dont touch बैंकिङ सूचना

ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना !

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकको लागि अत्यन्त जरुरी सुचना जारी गरेको छ । बैंकले एसएमएस, ई– बैंकिङ सेवा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोगबिहिन भएका ग्राहकहरुलाई तत्काल बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै यदि बैंक रजिस्टर गरेको नम्बर एक वर्षदेखि प्रयोग गरिएको छैन भने आफुलाई पायक पर्ने शाखामा उपस्थित भई तुरुन्त आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न आग्रह गरेको हो । दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको जानकारी गराउंदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।