Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

उपत्यकामा गरिमा विकास बैंकको थप ३ शाखा विस्तार

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले आश्विन ४ गते (आज आइतबार) काठमाडौं उपत्यकामा विभिन्न ठाँउमा ३ नयाँ शाखा विस्तार गरेको हो । बैंकले नयाँ शाखा उपत्यकाको सतुंगल, कुलेश्वर र मैतिदेवीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले असोज १ गते देशका विभिन्न ठाँउमा ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको थियो । नयाँ शाखा विस्तार सँगै देशभरमा बैंकको १०० शाखा पुगेको छ । देशभरमा बैंकले १६ वटा शाखा सहित १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजार भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदान गरेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।

Ad