Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिवर्टी इनर्जीको कारोबार आजबाट सुरु, शेयर मूल्य कति ?

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ मा सूचीकृत भएसगैँ लिवर्टी इनर्जी कम्पनीको साधारण शेयर ‘आइपिओ’ आज (आइतबार) बाट नेप्सेमा कारोबार हुने भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर ‘आइपिओ’ शुक्रबार नेप्सेमा सुचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो।  कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो। कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एलइसी संकेत प्रदान गरिएको छ ।

Ad