Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएका छन् ।बैंक सञ्चालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रूपमा एक सफल उद्योगी व्यवसायीको रूपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका छन् ।साथै उनी हाल विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।यस्तै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएको बैङ्कले जानकारी दिएको छ ।

Ad