Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकले एकैदिन सञ्चालनमा ल्यायो ६ वटा नयाँ शाखा

२०७७ आश्विन २ गते

बैंकिङ खबर । गरिमा बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ गते बिहीबार मात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । विकास बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाडौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । यससंगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सबै प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

Ad