Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोनापछि देखिएका बैंकिङ क्षेत्रका चुनौतीहरु :

admin २०७७ आश्विन २ गते
सेयर:

बैंकिङ खबर । कोरोनापछिको अबस्थामा बैंक तथा वित्तीय क्षेत्रमा केही चुनौतीहरु बढेका छन् । समयमै कर्जा असुली गर्नु अहिलेको लागि मुख्य चुनौती देखिएको छ । त्यसबाहेक ग्राहकको निरन्तरता, कर्जा प्रवाह एवं व्याजको व्यबस्थापन अर्को चुनौती बनेको छ । यतिबेला बैंकरहरु माझ लगानीको सुरक्षा, आम नागरिकको विश्वास र ऋणीहरुलाई सहजीकरण गर्नुपर्ने दायित्व पनि छ । बैंक तथा वित्तीय संस्थाहरु ऋणीलाई जती सरल र सहज बनाउन सक्छन् भविश्य त्यसमै निर्भर रहने अबस्था देखिएको छ । करिव ६ महिनादेखि ठप्प प्राय रहेको व्यापार व्यबसायले गति लिन कम्तिमा अर्को ६ महिना लाग्ने आँकलन गरिएको छ । यस्तो अबस्थामा बैंकवित्तीय संस्थाहरुले ऋणीलाई ताकेता गर्ने वा पैसा असुलमा मात्रै केन्द्रीत रहने अबस्था छैन । त्यसमाथि नेपाल राष्ट्र बैंकले कर्जाको प्रकृति अनुसार म्याद थप थप गरिदिएको छ । अहिलेको अबस्थामा कसरी ऋणीलाई सहजिकरण हुन्छ ? कसरी ऋणीले ऋण तिर्न सक्छन् र कसरी उनीहरुसँगको सम्बन्ध कायमै राख्ने यी कुरालाई ध्यान दिएरै राष्ट्र बैंकले म्याद थप गरेको हो । जु कुरा अर्थतन्त्रलाई जोगाउने एउटा डाडस बनेको छ । बैंकमा पैसा मात्रै थुपारेर पनि हुँदैन, निक्षेप संकलन नभई पनि हुँदैन । यस कारण निक्षेपकर्ता र ऋणी दुवैलाई आफ्नो बैंकमा अडिक रहने वातावराण बनाउनु बेंकवित्तका लागि अहिलेको अर्को जिम्वेवारी देखिन्छ ।

लगानीको क्षेत्र साँघुरिँदैछ
बैंकिङ क्षेत्रको कर्जामा केही मोडेलहरु वा व्याजका कुरा परिवर्तन गरेपनि अन्तत सबैकुरा लगानीसँग जोडिएको छ । लगानीका लागि सुरक्षित क्षेत्र मापन गर्न यतिबेला कठिन छ । पर्यटनमा ठुलै धक्का लागेको छ भने कृषिमा बजार व्यबस्थापनकै चुनौती देखिएको छ । छिमेकी देशबाट खुल्ला नाका मार्फत आयात हुने बस्तु रोक्न नसक्दा आत्मनिर्भर अर्थतन्त्रमा ठुलै धक्का लाग्ने देखिन्छ । यसकारण पनि लगानीको क्षेत्र रोज्न कठिन छ । कतिपय ऋण खराव कर्जातर्फ धकेलीने सम्भावना समेत बढेर गएको छ । यसबाहेक अन्य उपभोग्य लगानी जस्तै घर, गाडि, रोजगारी आदीको अबस्थासमेत कम्जोर हुँदा बैंकलाई बुझाउनुपर्ने व्याज, किस्ता वा साँबा तत्काल बुझाउन सक्ने अबस्थामा ऋणीहरु छैनन् । यसले गर्दा सेवामूलक ढंगले बैंकहरुले विभिन्न रणनीति बनाउँदा पनि व्यबसायीक हिसावबाट भने बैंकहरु कम्जोर हुने देखिएको छ ।
व्याजदर, निक्षेप संकलन र कर्जा असुली

बैंकहरु व्याजदर, निक्षेप संकलन, कर्जा लगानी लगायत हरेक कुरामा राष्ट्र बैंकको नियम अनुसार चल्नुपर्ने हुन्छ । कतिपय क्षेत्रमा माग आयो भन्दैमा पनि कर्जा लगानी गर्न पाइँदैन । केन्द्रीय बैंकले तोकेको प्रतिशतका आधारमा लगानी पुर्याउनुपर्छ । पछिल्लो समय घरजग्गा, गाडी जस्ता नाफा मात्र हुने तर देशलाई फाइदा नहुने कुराहरुमा कर्जा विस्तार गर्न राष्ट्र बैंकले केही कडाइ गरेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दा प्रतिफल पाउन धेरै समय लाग्ने अबस्था छ । कोरोनाका कारण लगानीका क्षेत्रहरु साँघुरीएका छन् । हालको अबस्था पर्ख र हेरमा आम नागरिक रहेका कारण तत्काल कर्जा लिएर लगानी गर्नेहरु कम छन् । जो पहिलेकै ऋणी छन् बैंकबाट कर्जा निकाल्ने उनीहरुनै हुन्छन् । तथापी उनीहरु व्यबसायलाई निरन्तरता दिने उपायको खोजिमा छन् । जसले गर्दा कर्जा प्रवाहको अबस्था सामान्य नै रहने देखिन्छ । यसकारण पनि यो समय बैंकरहरु कुशल व्यबस्थापनको अग्नि परिक्षामा रहेका छन् । असहज अबस्थालाई सरल तरीकाले व्यबस्थापन गर्न सक्नेहरु इतिहास कोर्न सक्षम हुनेछन् ।

अरु पनि छन् चुनौतीहरु
एउटा बैंकरका लागि यत्ति मात्रै चुनौती होइनन् । अरु पनि चुनौती छन् जो अरु समयमा पनि रहीरहने चुनौती हुन् ।

बैंकिङ कसुरको सन्त्रास
नियमविपरीत काम गर्नेवित्तीकै बैंकिङ कसुर लाग्ने डर हुन्छ । अहिले यस्ता घटना थुप्रै बाहिरिरहेका कारण अझ बढी कडाइ भएको छ । आफ्नो मात्र फाइदा हेरेर नियमविपरीतका योजनाहरुमा लगानी गर्दा कुनै न कुनै बेला फसिन्छ । साथमा बैंकलाई पनि हानी हुन्छ । खराब कर्जा बढ्ने जस्ता समस्या यसै कारण आउन सक्छ ।

सम्पत्ति शुद्धिकरण अर्को समस्या
अहिले त सम्पत्ति शुद्धिकरणमा पनि थप कडाई गरिएको छ । बैंकरले असामान्य ढंगले सम्पत्ति कमाएको थाहा हुनेवित्तीकै छानविन हुन्छ । दोषी पाइएमा पुरै करिअर नै समाप्त हुन्छ । सर्वसाधारणको पैसाको जतन गर्ने एवम् सही ठाउँमा लगानी गरी प्रत्रिफल दिने एक संवेदनशील संस्था हो बैंक । बैंकरले नै यस विषयलाई नबुझ्ने हो भने ठूलो संकट आइपर्छ । त्यसैले, सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै जोखिम न्युनीकरण गर्न खोजिएको छ ।

प्रविधि सुरक्षामा पनि चुनौती
प्रविधिको विकास एवम् विस्तारसँगै त्यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । विश्वव्यापी रुपमा नै यसको समस्या बढ्दो छ । जहाँ ह्याकरको पनि डर छ । प्रविधिको प्रयोगले व्यवसाय विस्तारमा सहयोग पुर्याउँछ भने ग्राहकलाई पनि सहजता प्रदान गर्दछ । जति प्रविधिको विकास बढ्दैछ त्यती नै चुनौतीहरु पनि बढ्दैछन् । त्यसैले, प्रविधिको प्रयोगमा सुरक्षा अपनाउनु पनि बैंकरका लागि चुनौतिको विषय बनेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।