Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

छ्याङदी हाइड्रोपावरको ८ कित्ता आईपीओ आउँदै

२०७३ श्रावण १२ गते

ipoछ्याङदी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पछिल्लो समय जलविद्युत्को शेयरमा लगानीकर्ताको आकर्षण बढिरहँदा छ्याङदीले स्थानीय जनताका लागि ८ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । 

यसका लागि कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट अनुमति पाउने बित्तिकै सेयर निष्कासनको काम सुरू हुने कम्पनीले जानकारी दिएको छ । 
 
स्थानीयलाई बाँडफाँट गरेपछि सर्वसाधारण समूहको सेयर निष्कासनको प्रक्रिया अघि बढ्ने कम्पनीले बताएको छ । छ्याङदी लमजुङ जिल्लामा रहेको  हाइड्रोपावर परियोजना हो ।