बैंकिङ खबर । बैंकवित्तहरुले असोज मसान्तसम्म गाडी, घर तथा किस्ताबन्दी बस्तेको कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्र्देशन दिँदै एकीकृत निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम पहिलो पटकका लागि असोज मसान्त भित्र गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्न भनेको हो ।
घर कर्जा, गाडी कर्जा वा अन्य किस्ताबन्दी सामानको आवधिक भुक्तानी अवधिभरी एउटै व्याजदर कायम हुनेगरी यस अघि राष्ट्र बैंकले एकिकृत निर्देशीका संसोधन गरेको थियो । सोही अनुसार असोज मसान्तभित्र बैंकवित्तले स्थायीत्व व्याजदर तोक्नुपर्ने छ । सुरुमा जुन व्याजदरमा कर्जा प्रवाह हुन्छ उक्त बस्तुको कर्जा भुक्तानी म्याद अवधिभर सोही व्याजदर कायम गर्नुपर्ने हुन्छ । यस अघि तोकिएको व्याजदरमा बेंकवित्तले परिवर्तन गर्दै आएका थिए । यो नियम व्याजदर तोकिएपछि नयाँ ऋणीका लागि लागु हुन्छ ।
Banner News
असोज मसान्तभित्र घरगाडिको फिक्स व्याजदर तोक्न बैंकवित्तलाई राष्ट्र बैंकको निर्देशन
२०७७ आश्विन १ गते