September 16th, 2020

जापनीज महिला बैंकर टिकोको सिमुजुले रचिन विश्व इतिहास

बैंकिङ खबर ।  अक्टूबर १८८२ मा स्थापना भएको बैंक अफ जापानमा २०१० मा पहिलो महिला मेनेजर बनेर ५५ बर्षीय बैंकर टिकोको सिमुजुले फेरि इतिहास रचेकी छन् । सिमुजुलाई बैंक अफ जापानका कार्यकारी निर्देशकका रूपमा नियुक्त गरिएको छ । १३८ वर्षको इतिहासमा महिलालाई यस पदमा नियुक्त गरिएको यो पहिलो पटक हो ।

१९८७ मा बैंक अफ जापानबाट यात्रा शुरू
सिमुजुले सन् १९८७ मा जापानको बैंक जापानबाट काम सुरु गरेकी थिइन् । उनी सुरुमा वित्तीय बजार डिभिजन र विदेशी विनिमय सञ्चालनमा कार्यरत थिइन् । पछि उनी युरोपमा महाप्रबन्धकको रूपमा पनि कार्यरत थिइन् । २०१६ देखि २०१८ बीच सिमुजू लन्डनमा बैंक अफ जापानको प्रमुख प्रतिनिधिको रूपमा समेत कार्यरत थिइन् । हाल सिमुजुलाई कार्यकारी निर्देशकका लागि चार बर्षको लागि नियुक्त गरिएको छ ।

बैंक अफ जापानमा ४७ प्रतिशत महिला कर्मचारी

बैंक डाटाका अनुसार जापानको बैंकमा जापानको कुल कामदारमा महिलाको हिस्सा बढेर ४७ प्रतिशत पुगेको छ । यद्यपि १३ प्रतिशत महिलामात्र वरिष्ठ व्यवस्थापकीय पदमा कार्यरत छन् र कानूनी मामिलाहरू, भुक्तानी प्रणाली र बैंक नोट जस्ता विशेषज्ञ पदहरूमा २० प्रतिशत मात्र कार्यरत छन् । १९९८ मा स्थापित बैंकको नीति बोर्डमा महिलाको नियुक्ति भएको छ । तर ९ सदस्यीय बोर्डमा केवल १ महिला नियुक्त गरिएको छ । फेडरल रिजर्व र यूरोपीयन केन्द्रीय बैंकमा जस्तो रिजर्व बैंकमा कुनै पनि महिला गभर्नर भएका छैनन् ।

जापानमा पुरुषहरुको प्रभुत्व कम हुँदै
विगत दशकमा जनसांख्यिकीय चुनौती र उच्च शिक्षामा महिलाको बढी सहभागिताका कारण जापानमा पुरुष प्रधान व्यवस्थापन संरचना परिवर्तन भइरहेको छ । विश्व बैंकको तथ्याङ्क अनुसार २०१८ मा जापानको कुल जनसंख्याको ५१ प्रतिशत महिलाहरू थिए । यद्यपि विश्व आर्थिक फोरमको पछिल्लो ग्लोबल जेंडर ग्याप सूचकांकमा जापान १५३ देशहरूमध्ये १२१ औं स्थानमा थियो । लैङ्गीक समानताको हिसाबले जापान जी ७ देशहरूमा सबैभन्दा तल छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले महिला सशक्तिकरणका लागि वुमेनामिक्स नामक नयाँ नीति तर्जुमा गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]