एनएमबि बैंक लिमिटेड श्री रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्ता हुने भएको छ । एनएमबि बैंकको अगुवाई रहने प्रोजेक्टमा हिमालयन बैंकको सह—वित्तीयकरण तथा अन्य बैकहरु नेपाल बैंक, नेपाल एसबिआई बैंक, सेन्चुरी कमर्सियल बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभू बैंक तथा सोसाईटि डेभलपमेन्ट बैंकहरुको समेतको लगानी रहने छ । श्री रिद्धि सिद्धि सिमेन्ट कम्पनीको कुल लागत ६.११ अर्व रुपैयाँमध्ये बैकहरुको लगानी कुल ४.५८ अर्व रुपैयाँ रहनेछ । श्री रिद्धि सिद्धि सिमेन्ट कम्पनी नेपालका सुपरिचित व्यापारीक समुहहरुको शंकर ग्रुप तथा अम्बे समुहको लगानी रहेको कम्पनी हो ।
बैंक-वित्त
श्री रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता बन्दै एनएमबि बैक
ट्यागहरू:
