September 15th, 2020

असोज १ गतेदेखि आन्तरिक हवाई उडान तथा होटल रेष्टुरेन्टहरु सञ्चालन हुने

बैंकिङ खबर । आन्तरिक हवाई उडान तथा होटल रेष्टुरेन्टहरु असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो कुराको जानकारी गराएका हुन् । आन्तरिक उडान सञ्चालन ५० प्रतिशत सिट क्षमतामा यात्रु बोक्नुपर्ने छ । सरकारले असोज १ गतेदेखि होटल, रेष्टुराँ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]