सिर्जना फाइनान्सद्धारा राहत कोषमा एघार लाख सहयोग

बैंकिङ खबर । मोरंग, सुनसरी र सप्तरी तिनजिल्ला कार्यक्षेत्र भएको नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको बित्तीय कारोबार गर्ने ईजाजतपत्र पाएको सिर्जना फाईनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमाअध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गर्नु भयो ।

समाजिक उत्तरदायीत्व कोष अन्तरगत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पु¥याउन सिर्जना फाईनान्सले यो सहयोग गरेको हो । कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख वानीशंकर चापागाई र प्रभाकरकुमार देबकोटाको उपस्थिति रहेको थियो ।

 


सोसिअल मेडिया