शुन्य ब्याजदरमा बैंक अफ काठमाण्डूको इलेक्ट्रोनिक सामान किस्ताबन्दी योजना

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाल्याएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको हो । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकलेले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, Music System, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकलाई कुनैपनि ब्याज नलाग्ने जनाइएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् । किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहक महानुभावहरुले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्ने जनाइएको छ ।


सोसिअल मेडिया