September 9th, 2020

नेपालको सन्दर्भमा संगठनात्मक परिवर्तन र विकास


दिवाकर/सन्तोष
वर्तमान अवस्थाबाट परिवर्तन अवस्था मार्फत चाहेको अवस्थासम्म सङठनलाई पुर्याउने व्यवस्थित प्रक्रिया नै संगठनात्मक परिवर्तन हो। समय र वातावरणमा सिर्जित बहुसंख्यक परिवर्तन र आयामहरुले विश्व जगतनै एक नयाँ शिखरमा परिमार्जित भएको छ। विश्वव्यापीकरण र खुल्ला अर्थब्यबस्थाको कारण पूरा बिश्व नै आज एउटा गाउँमा कुण्ठित भएको छ । परिवर्तन अंगाल्न नसक्नेहरु आज पनि परिवर्तनको बिरोधको बाजा बजाउन र विगुल फुक्न पछि हट्दैनन। जसले परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्यो, जसले समयको मागलाई चिन्यो त्यो जमात, समाज आज हेर्न लायक बन्दै भएको छ ।
परिवर्तन हरेक कुरामा हुन्छ र हुनु जरुरी पनि हो । सजिव प्राणी देखी लियेर निर्जीव चिज यानिक किर्तिम व्यक्ति । किर्तिम व्यक्ति भन्नाले कुनै पनि संगठन वा कम्पनी चाहे त्यो सरकारी होस् , गैरसरकारी होस् , नाकामुखी होस् या गैरनाकामुखी हरेक क्षेत्रमा यसको अहम भुमिका रहन्छ । परिवर्तित वातावरण अनुसार सङठनलाई परिमार्जन गर्नु अपरिहार्य छ । नेपाली परिवेशमा पनि अनेक परिवर्तन आएको छ । यसले नेपाली संगठनहरुलाई समय सापेक्ष परिमार्जन र विकास अङ्गाल्न बाध्य तुल्याएको छ। नेपालमा धेरैजसो सङठनहरु परंरागत मुल्य र मान्यतामा नै आधारित रहेर सन्चालनमा रहेको पाईन्छ । बैंक तथा वित्तीय संस्था र केहि ठुला कम्पनीहरुले पनि परिवर्तनलाई पछ्याउँदै केही विकासको लयमा ध्वनि बजाउदै छन्, जुन स्वागतयोग्य छ ।
नेपालमा संगठनात्मक परिवर्तन तथा विकास बारे धेरै कुराबाट विश्लेषण गर्न सकिन्छ । कुनै पनि कुराको विश्लेषण केहि बुदा र शब्दहरुबाट मात्र गर्दा त्यसको सबै पक्षलाई समेट्न नसकेपनी केही मुल आशय र निष्कर्ष भने पक्कै पनि निस्किन्छ । नेपालमा संगठनात्मक परिवर्तन तथा विकास बारे बुदागत रुपमा संक्षेपमा जानकारी प्रस्तुत गर्न सकिन्छ ।

१) परिवर्तनका शक्तिहरु :

नेपालमा संगठनात्मक परिवर्तन ल्याउने प्रमुख स्रोतहरु देशको अर्थब्यबस्था, उपभोक्ताको आर्थिक स्तर चाहना, राजनैतिक अवस्था, प्राबिधिक अवस्था, सामाजिक ( सास्कृतिक तत्व, भौगोलिक विकटता आदि इत्यादि हुन् । अन्तर्राष्ट्रिय स्तरमा देखापर्ने परिवर्तन र विकासले नेपालको हरेक क्षेत्रमा परिवर्तनको घण्टी बज्दछ । यदि परिवर्तनलाई आत्मसात नगरी आफ्नै सुरमा चल्ने हो भने देश, समाज र संगठनको अस्तित्व हराउन पनि सक्दछ । यसका साथै संगठनको संरचना , आन्तरिक स्रोत , वातावरण र स्रोत साधनले पनि संगठनमा परिवर्तनको लागि दबाब दिने गर्दछन। नेपालमा खासगरी राजनैतिक तथा आर्थिक वातावरणले संगठनात्मक परिवर्तनलाई बाध्य तुल्याएको छन् ।

२) परिवर्तनको प्रतिरोध :

बिरोध हरेक क्षेत्रमा हुन्छ, केहि हदसम्म बिरोध हुनु जायज पनि मानिन्छ। नेपाल एउटा त्यस्तो देश हो जहाँ बिरोध अर्थात् प्रतिरोध अधिक हुने गर्दछ। बहुसंख्यक श्रमिक कर्मचारीहरुमा न्यून सीप र थोरै पढेलेख गरेका छन् । उनिहरुमा नयाँ ज्ञान सिक्ने क्षमता थोरै हुन्छ । जसले गर्दा उनिहरु जे छ, त्यसमा नै सन्तोष मानेर बस्न रुचाउँछन् । परम्परा र सस्कृतिमा अधिक विश्वास गर्ने नेपाली जनताहरु परिवर्तन पछि हुन सक्ने अनिश्चितताबाट डराउने गरेको पाईन्छ ।

३) परिवर्तन अनुसन्धान :

कोहि पनि व्यक्ति आफैमा सर्वव्यापी हुदैन, केही सिक्न र जान्नको लागि अनुसन्धान एक महत्त्वपूर्ण कडि हो । विश्वमा के भैरहेको छ, के-कस्तो परिवर्तन भएको छ र आफ्नो संगठनलाई असर गर्ने परिवर्तन र आयामहरु के छन् त भन्ने कुरा जान्नको लागि अर्थात् थाहा पाउनको लागि अनुसन्धान एक मुख्य औजार हो । अनुसन्धानका पनि विभिन्न विधि र साधनहरु रहेका छन् । गुगल, फेसबुक, युटुब जस्ता search engine प्रयोग गरेर थुप्रै जानकारीहरु हासिल गर्न सकिन्छ। तर नेपालको सन्दर्भमा केही बैंक तथा ठुला कम्पनी बाहेक कुनै पनि संगठनले अनुसन्धान प्रक्रिया अवलम्बन गरेको पाईदैन। व्यबस्थापकले कर्मचारीहरुको पुर्वजानकारी र आयोजना विना नै जबर्जस्ती परिवर्तन ल्याएको हुँदा मानव सम्साधन परिवर्तनको विरोधमा उभिएको देखिन्छ ।

४) संगठनात्मक परिवर्तन विधि र विकास प्रक्रिया :

विश्वजगतको परिवर्तनको अवस्था हेर्दा परिवर्तन ल्याउने थुप्रै विधिहरु विकास भएको देखिन्छ। भिन्न परिस्थितिमा सुहाउँदो परिवर्तनको विधि अपनाउन सके कुनै पनि संगठनले सजिलै आफ्नो लक्ष्य प्राप्त गर्न सक्दछ। साथै परिवर्तन एउटा शब्द मात्र नभई यो एउटा व्यवस्थित प्रक्रिया पनि हो। परिवर्तनका थुप्रै प्रक्रियाहरु रहेका छन्, “माटो सुहाउँदो खेती” भने जस्तो एक सफल व्यवस्थापकले आफ्नो संगठनलाई विश्वमान जगतमा अब्बल सावित गर्नु छ भने परिस्थितिजन्य परिवर्तन विधि र प्रक्रिया आत्मसात गर्नु पर्दछ। तर नेपालको परिपेक्ष्यमा हेर्दा व्यवस्था वा मालिकले आफ्नो एकल निर्णय र हचुवाको भरमा प्रक्रिया र विधि अवलम्बन गरेको पाईन्छ, जुन मुर्खता सावित हुन्छ ।

५) स्रोत र साधनमा सिमितता :

कुनैपनी क्षेत्रमा खुलेर लाग्नको लागि र प्रतिस्पर्धाको युगमा अरु भन्दा कमि नभई रहनको लागि प्रशस्त मात्रामा स्रोत र साधनको उपलब्धता एक महत्त्वपूर्ण आवश्यकता हो। विश्वव्यापीकरणको युगमा देश र संगठनबिच स्रोत र साधनमा भिडन्त भईरहेको छ। कुनै पनि परिवर्तनको लागि स्रोत र साधन नभई नहुने कुरा हो। चाहे त्यो अर्थ सँग संबंधित होस या मानव साधन सँग किन नहोस। संगठनमा हरेक साधनको आ-आफ्नै भुमिका रहन्छ । जो सँग बल छ, त्यसले अवस्य लडाइँ जित्छ । नेपाल एउटा भुपरिवेष्ठित र विकाससिल रास्ट्र हो । जसले गर्दा यहाँ स्थापित संगठनहरु सिमित स्रोत र साधनमा संचालन गर्नुपर्ने भएको हुँदा चाहे अनुसारको विकास र परिवर्तन गर्न नसकिरहेक अवस्था छ।
यसरी, विभिन्न कुराहरुको व्याख्या विश्लेषणबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि, नेपालमा समय सापेक्ष परिवर्तन र विकासका थुप्रै अवसर र चुनौती रहेका छन् । एक सफल व्यवस्थापकले आवश्यक चिन्तन र विश्लेषण गरि अघि बढ्न सके सफलता आफ्नै काबुमा रहेको छ। यश दिशातर्फ हामी सबै आशावादी छौँ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]