बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । नयाँ एकिकृत निर्देशीका जारी गर्दै राष्ट्र बैंकले मंगलबार यस्तो व्यबस्था गरेको हो । जस अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा व्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् । अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै व्याजदर लागु हुने. भएको छ । यो व्यबस्थापछि बैंकवित्तले व्याजदर परिवर्तन गर्न पाउने छैनन् । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए । घर गाडि खरीदमा यस्तो कर्जा बढी प्रयोग हुँदै आएको छ ।
ट्यागहरू:
