२०७३ श्रावण १२ गते

किन घट्यो पोखरा फाइनान्सको खुद मुनाफा ?

pokhara financeगत आर्थिक वर्षको चौथो त्रैमासमा पोखरा फाइनान्सले ८ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको यस्तो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ दशमलव २३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको चौथो त्रैमासमा फाइनान्सले १५ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

फाइनान्सको खुद व्याज आम्दानी ६ दशमलव ४१ प्रतिशतले घटेर १४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४ दशमलव ७२ प्रतिशतले घटेर १२ करोड रुपैयाँ पुगेको छ । ४९ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा १९ करोड रुपैयाँ राखेको छ । निक्षेपमा १२ दशमलव १५ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको कम्पनीले कर्जामा २ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । 

फाइनान्सको जोखिमयुक्त सम्पत्ति १ दशमलव ६७ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी १७ दशमलव ८२ प्रतिशत, मुल्य आम्दानीको अनुपात २९ दशमलव ५१ गुणा, प्रतिशेयर आम्दानी १ सय ४० दशमलव ०९ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ५१ प्रतिशत रहेको छ ।