बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तरगतको रिपो दर ३.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ । नयाँ व्यबस्था अनुसार ब्याजदर करिडोरअन्तर्गत रिपो दर नीतिगत दरको रूपमा ३.० प्रतिशत, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १ प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि, २०७३ अनुसारका प्रक्रियाहरू अवलम्बन गरिने जनाएको छ ।
Banner News
राष्ट्र बैंकद्धारा ब्याजदर करिडोरमा परिवर्तन (परिवर्तित व्याजदर करिडोर विबरणसहित)
२०७७ भाद्र २२ गते