बैंकिङ खबर । विभिन्न बैंकका थप कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं बाहिर ग्लोवल आइएमई बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनआइसि एशिया बैंक, नविल बैंकका कर्मचारीमा थप कोरोना संक्रमण देखिएको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा धमाधम कोरोना परिक्षण गराएका छन् । कोरोना परिक्षण बढाएसँगै कोरोना संक्रमण हुनेको संख्या पनि बढेको हो । हालसम्म बैंकवित्तमा करिव २ सय ५० कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमै नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ ।
ट्यागहरू:
