Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको खुद मुनाफा २२ करोड ३७ लाख

२०७३ श्रावण १२ गते

garimaगत आर्थिक वर्षको चौथो त्रैमासमा गरिमा विकास बैंकले २२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गरीमाले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ दशमलव १२ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १६ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

८५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ३४ करोड ९६ लाख रुपैयाँ राखेको जनाएको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४५ दशमलव १३ प्रतिशतले वृद्धि गरी ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ संकलन गरेर कर्जामा ८ अर्ब ७३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३४ दशमलव ८५ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ३७ दशमलव ४६ प्रतिशतले बढेर ३५ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३ करोड १५ लाख रुपैयाँ राखिएको छ ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव ३० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १३ दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक २६ दशमलव २२ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक १३ दशमलव ५८ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४० दशमलव ९९ रुपैयाँ रहेको छ र तरलता अनुपात २५ दशमलव ४६ प्रतिशत रहेको छ ।