August 31st, 2020

कोभिड १९ को महामारी नियन्त्रणमा हामी कहाँ चुक्यौ ?

अर्जुन प्रसाद पोखरेल-

२८ माघ २०७६ देखि चिनको बुहानबाट शुरु भएको कोभिड १९ को बिनासकारी महामारीको डडेलोले आज २०७७ भाद्र १५ गते सम्म आईपुग्दा विश्वमा २ करोड ५४ लाख ३६ हजार भन्दा बढी ब्यक्ति संक्रमणमा छन् भने ८ लाख ५१ हजार भन्दा ब्यक्तिहरुलाई मारि सकेको अवस्था छ । आधुनिक टेक्नोलोजिमा बिश्व शक्तिशालि राष्ट्रहरु जतिनै चलाख र सक्षम रहेको भनियता पनि यो महामारीसंग लड्ने क्षमता कमैमा मात्र रहेको र तिनिहरुलाई पनि आच्छु आच्छु पारेको पनि देखियो भने कतिपय निकै शक्तिशालि राष्ट्र भनाउदाहरु लाईत उत्तानो पर्ने गरीनै शखाप पारेको पनि देखियो । यस महमारिले बिकाशोन्मुख राष्ट्रहरुलाई त चिल बिल नपार्ने कुरै भएन । यहि बिकाशोन्मुख राष्ट्र मध्ये एक नेपाल पनि यो महामारीबाट अछुतो रहन सकेन । नेपालमा पनि मिति २०७६ चैत्र ९ गते एक जना ब्यक्तिलाई यो रोग देखा पर्न गयो र बिधिबत रुपमा नेपाल प्रबेशको गरेको जानकारी दिए पश्चात यस रोगबाट भाद्र १५ सम्म आईपुग्दा ३९ हजार ४ सय ६० जना संक्रमित छन् भने २ सय २८ जनाको त मृत्यू भैसकेको छ । यस बिचमा अथवा चिनमा यो रोग देखा परिसके पश्चात के के कुरामा हाम्रो कमजोरी रहे वा हाम्र ध्यान पुगेन भन्ने सम्बन्धमा निम्न अनुसार बुंदागत रुपमा देखाईएको छ ।

१. महामारीको अध्ययन : चिनमा यस रोगले महामारीको रुप लिदा हामीले हाम्रा बिज्ञहरुको एउटा टिम बनाएर त्यस रोग सम्बन्धि अध्ययन गर्न लगाई यस रोग प्रबेश गर्न र प्रबेश गरेको अबस्थामा नियन्त्रण गर्न अपनाई रणनिति तयार गर्न लगाउनु पर्ने थियो यसमा चुकेको पक्कै हो उल्टै हाम्रा मन्त्री ज्यूहरु कोरोनाको सुरक्षित देश नेपाल हो नेपाल आउनुहोस भनेर प्रचार गर्नमै ब्यस्त रहेको देखियो यो अर्को महा कमजोरि देखिन्छ ।

२. पुर्बतयारी : यदि यस महामारी नेपाल प्रबेश गरेको खण्डमा हामीले अपनउने सतर्कता या पुर्बतयारी शिुन्य रह्यो यो हाम्रो दोश्रो कमजोरी देखिन्छ । पुर्बतयारीको लागि तिनै तहको प्रशासनिक स्थरमा आईसोलेसन निर्माण, मापदण्ड सहितको क्वारीन्टीनको ब्यबस्था, पहिलो फेजमा फिल्डमा खट्नुपर्ने मानबिय स्रोत साधनको ब्यबस्था, ति मानबिय स्रोत साधनको लागि आबश्यक पर्ने स्वास्थ्य उपकरणहरु, तत्काल आबश्यक पर्न सक्ने औषधिहरु, रोग पहिचान उपकरणहरु, आदी तयारी अबस्थामा रहनु पर्नेमा हाम्रो तर्फबाट यि काम शुन्य रहे ।

 

३. रोगसंग सम्बन्धित बिज्ञहरुको शक्तिशालि क्विक रेस्पोन्स टिमको गठन : स्वास्थ्य क्षेत्रमा सार्क राष्ट्र मध्येमै सबैभन्दा कमजोर मुलुक नेपाल पर्छ यस सम्बन्धमा सबै जानकार भएकै कुरा हो । यस्तो देशले यस्तो महामारीसंग लड्न सक्छु भनेर सोच राख्नु आफैमा मुर्ख हुनु सिबाय केहि होईन । यस्तो अबस्थामा रोग पछिको उपचार भन्दा रोग लाग्न नदिने प्रयास गर्नु पर्ने हुन्छ । यस कार्यमा हामी पुर्णतया असफल भयौ भने अर्को तर्फ कुनै ब्यक्तिलाई यो रोग देखा पर्ने बित्तिक्कै वा लक्षण देखा पर्ने बित्तिकै बिबाद मुक्त उक्त टिमले गर्ने उपचार या बनाउने रणनितिलाई थप हौसला र सहयोग गर्नु पर्ने यसमा पनि कमजोरि नै पाईयो ।

४. भए गरेका काम गर्ने तौर तरिका नै गलत : बिज्ञहरुको संयोजकत्वमा रेस्पोन्स टिम गठन गर्नु पर्नेमा गरेनौ, जतिखेर संक्रमित थिएन वा न्यून थिए त्यो अबस्थामा देशका सम्पुर्ण बाहिरी नाका पुर्णरुपमा शिल गर्नुपर्ने गरेनौ, अन्य देशबाट नेपाल भित्रिएका सबै ब्यक्तिलाई अनिबार्य रुपमा १५ दिन क्वारेन्टीनमा राख्ने ब्यबस्था हुनु पर्ने त्यो पनि गरेनौ, यि तयारी सबै गर्दा हुने समयमा अनाबश्यक रुपमा ३ महिना देश तथा आर्थिक गतिबिधि पुरै ठप्प बनायौ, बिधाथीको भबिश्य माथि खेलबाड गर्यौ, हरेक क्षेत्रका जनतालाई प्रताडित पार्यौ, अतायौ , बिना अध्ययन तथा संक्रमणको दरको समेत बेवास्था गरेर पूनः सार्बजनिक यातायात खोलियो यि सबै यावत काम गलत गरियो । जति खेर साबधानि अपनउनु पर्ने थियो त्यतिखेर लकडाउन गरियो र जतिखेर लकडाउनको आबश्यकता पथ्र्यो तेतिखेर जिल्ला भित्र यातायात खुल्ला गरियो । जसको कारण अगाडिको ३ महिना लकडाउन निरर्थकमा परिणत हुन पुग्यो ।

 

५. सुस्त परिक्षण : हाम्रो जस्तो सानो मुलुकमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार गरि ३ तहका प्रशासनिक क्षेत्रमा बिभाजन गरिएको छ । स्थानिय सरकार अन्र्गत त झन वार्ड हुदै टोल सुधार समिति समेतलाई जोड्ने हो भने हरेक ब्यक्तिको घर घरमा सरकारको प्रतिनिधि पुग्न सक्ने हाम्रो संयन्त्र छ । यहि ३ महिना लकडाउनको समयमा हरेक ब्यक्तिको घर घरमा गएर बृहत परिक्षण गर्ने गरी परिक्षणको दायरा बढाएर परिक्षण गरेर संक्रमितको पहिचान गरेर संक्रमित ब्यक्ति र अन्य ब्यक्ति छुट्याई संक्रमितको उपचार गर्न सकेको भए हामिले अहिलेको अबस्थामा आईपुग्नु पर्ने थिएन अझै समय छ भर्खर समुदायमा संक्रमण गयोकि भन्ने हल्ला चलेको छ समुदाय स्तरमा गयोकी होईन कतै ट्राभल हिस्ट्री नभएका ब्यक्तिहरु संक्रमित हुनु भनेको समुदायमा फैलनु हो तेसैले मास परिक्षणको बिकल्प छैन बरु अझ मास परिक्षण गर्नको लागि १ महिना थप निशेधाज्ञा, लकडाउन वा कफ्र्यू के गर्दा ठिक हुन्छ जनतालाई भित्रै राखेर मास परिक्षण गर्ने जनता भित्रै बस्न तयार छ तर जनतालाई पूनः निरर्थक वा ब्यर्थ थुनाई नहोस तर बिडम्बना यस कार्यमा हामि पुरै फेलर भयौ ।

६. काम कम गर्ने तर प्रचार बढी गर्ने : हामि हरेक काम गर्दा काम बढी गर्ने तर प्रचार प्रसार कम गर्ने गर्नु पर्ने ठिक यसको उल्टो काम कम गर्ने तर हल्ला बढी गर्ने गरियो, हरेक सामाजिक संजाल टेलिभिजन, पत्र पत्रिका, फेसबुक जता नजर लगाए पनि ठुलो मात्रामा जनतामा कोरोना आतंक छ जस्को कारण जनतामा बढी डर, त्रास, हल्ला, मानसिक रुपमानै कमजोर र नैरास्यता फैलियो जुन एकदम गलत हो भने अर्को तिर अख्तियार प्राप्त अधिकारीहरुनै सार्बजनिक सामाजिक संञ्जाल मार्फत कुनै अध्ययन, परिक्षण बिनानै हचुवाको भरमा यो एकदम नर्मल रोग हो, बेसार पानी वा तातो पानीले ठिक गर्छ, नेपालीहरुको यो रोग लाग्न नदिने क्षमता बढी छ, लागिहालेमा पचाउन सक्ने क्षमतानि बढी छ भनेर हाउगुजि फैलाएको पाईयो जुन काम एक दमै गलत थियो किनकी तलको तथ्यांकबाट प्रष्टै के हुन्छ भने बरु दक्षिण एसियाली मुलुक मध्ये यो रोग लागेपछि सबै कम निको भएको दर भनेको नेपालीको रहेछ जहां जम्मा निको हुने दर ५७ प्रतिशत छ । यसको मतलब यो रोग लागेको अबस्थामा अन्य देशको तुलनामा नेपालमा कम निको भाएको देखिन्छ अनि कसरी नेपालीको क्षमता बढी देखियो त तेसै गरी मृत्यूदर पनि माल्दीभ्स, श्रीलंका र भुटानको तुलनामा बढीनै देखियो अनि कसरी नेपालीको क्षमता बढी पाईयो अति तथ्यांको बिश्लेषण नगरी जनतालाई हाउगुजि फैलाउन मिल्छ, यसमा पनि हाम्रो कमजोरी लुकेन ।

 

७. देशमा मौजुदा रहेको निकायलाई परिचान गर्न सकेनौ :  नेपाल एक सानो देश हो ता पनि भौगोकि रुपमा भनौ या प्राकृतिक रुपमा हरेक बिभिदता, संस्कार र चाल चलन रहेको देख्न सकिन्छ । यहां भुगोल अनुसार हरेक बनस्पति देखि झारपात कुनै न कुनै रोगको लागि ओषधि बनेको प्रमाण हरेक नेपालीलाई जानकारी छ र यसलाईनै सम्बोधन हुने गरी नेपाल सरकारले एउटा छुट्टै आयुर्बेद सरकारी संयन्त्र छ र यस भित्र धेरै आयुर्बेद बिज्ञहरु रहेको पाहिन्छ र अझ कति त सामाजिक सञ्जाल मार्फतनै हामीले परिक्षण गरेका छौ सय प्रतिशत हामि ठिक पार्छौ भनेका छन् अनि परिक्षणको रुपमा ति टिमलाई प्रयोग गर्न किन सकेनौ वा प्रयोग गर्दा के बिग्रन्छ यसमा पनि हामी कमजोरी भयौ । याबत कारणहरुले गर्दा हामी फेरी घुमिफिरी रुम्झाटारनै पुगियो यसको दोष कसले लिने खयर केहि छैन जिममेवारी लिदै गरौला तर मृत्यू भएका ब्यक्ति त अब फर्केर आउदैन अनि मृत्यूको मुखमा पुगेको ब्यक्तिको पनि मृत्यू रोक्न सकिदैन तर संक्रमित कम गर्न त सकिन्छ यदि माथिका कुरामा अझै ध्यान दियमा । संयम बनौ सुरक्षित रहौं ।

लेखकको निजि बिचारमा आधारित लेख 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]