Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना भाइरसको प्रभावः अमेरिकी अर्थतन्त्रमा हालसम्मको ठूलो गिरावट

admin २०७७ भाद्र १४ गते
सेयर:

कोरोना भाइरस महामारीको कारण अमेरिकी अर्थतन्त्रले हालसम्मको इतिहासमा सबैभन्दा ठूलो गिरावट ल्याएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अप्रिल–जून त्रैमासिकको दोस्रो अनुमानमा अर्थतन्त्रमा ३१.७ प्रतिशत घटेको बताइएको छ । पहिलो अनुमानमा, जुलाईको अन्तमा सरकारले जूनको त्रैमासिकमा अमेरिकी अर्थतन्त्र ३२.९ प्रतिशतले गिरावट आएको जनाएको थियो ।
यसअघि अमेरिकी अर्थतन्त्र रेकर्डमा सबैभन्दा ठूलो त्रैमासिक गिरावट १९५८ मा थियो । त्यस समयमा अर्थतन्त्र १० प्रतिशतले झरेको थियो । अमेरिकाले सन् १९४७ देखि जीडीपी वृद्धिको रेकर्ड राख्न सुरु गरेको थियो ।

अमेरिकी अर्थतन्त्रमा वर्षको पहिलो त्रैमासिमा ५ प्रतिशत गिरावट
जूनको त्रैमासमा लकडाउनको कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा व्यापार गतिविधिहरूमा घाटा हुँदा लाखौं श्रमिकहरू बेरोजगार भए । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा ५ प्रतिशतले गिरावट आएको थियो । अमेरिकामा कोरोनाभाइरस संक्रमण फेब्रुअरी देखि शुरू भएको थियो ।

चाँडै रिकभर हुने संभावना न्युन
अर्थशास्त्रीहरूका अनुसार चाँडै अपेक्षित आर्थिक सुधार हुनेछैन । किनभने भाइरस संक्रमणको गति बन्द भएको छैन र सरकारबाट आर्थिक राहत बन्द भएको छ । अक्सफोर्ड इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री लिडिया बोसोरले भने “हामी गिरावटको सीजनमा गइरहेका छौं र हामीसँग ४ ठूला चुनौतीहरू छन् । ती हुन् : आर्थिक राहतको अभाव, फ्लूको मौसममा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर, चुनावसँग सम्बन्धित अनिश्चितता र चीनसँगको बढ्दो व्यापार तनाव ।

लगभग १० लाख मानिसहरु
अमेरिकामा, हरेक हप्ता बेरोजगार करीब १० लाख मानिसहरु बेरोजगार लाभका लागि आवेदन दिइरहेका छन् । लाभका लागि आवेदन दिइरहेका छन्, जबकि बेरोजगारहरुले पाउने सहयोग भने कम भएको छ । उपभोक्ता विश्वासमा कमी आएको छ । शेयर बजार र घरहरूको बिक्रीमा वृद्धि भएको छ । अर्थव्यवस्थामा स्थिरताको संकेत देखीरहेको छ र लाखौैं मानिसहरू भाडाको घरबाट निकालिने खतरामा छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।