 सराे
सराे
समयक्रमसँगै व्यवस्थापनकाे क्षेत्रमा देखा परेका नयाँ र उदीयमान अवधारणाहरू मध्ये पछिल्लाे समयकाे याैटा जल्दाेबल्दाे बिषयकाे रूपमा देखा परेकाे छ ईमाेसनल इन्टेलिजेन्ट्स । याैटा सफल व्यवस्थापकमा हुनुपर्ने अनिवार्य गुणकाे रूपमा लिइने याे बिषय मनाेबिज्ञान, उत्प्रेरणा, नेतृत्व, अध्यात्मा, मानवशास्त्र , संगठनात्मक व्यवहनर अादि क्षेत्रहरूमा समेत उत्तिकै सान्दर्भिक रूपमा जाेडिएर रहेकाे पाइन्छ । अाजकाे दिनमा अाइपुग्दा हरेक संगनठनमा साथै ब्यक्तिगत जीवनमा पनि महत्त्वपूर्ण रहेकाे यस बिषयलाई अात्मासाथ गर्दै प्रयाेगमा ल्याउने प्रचलन र यसकाे परिचर्चा दिनानुदिन बढ्दै गएकाे छ । यसलाई प्रचारमा ल्याउने काम भने अमेरिकी मनाेविश्लेषक डिनायल गाेलेम्यानले गरेका हुन् । यसलाई निम्नानुसार संक्षिप्तरूपमा प्रस्तुत गरिएको छ ।
परिभाषा :
आफ्नाे ईमाेसन लाई स्पष्ट सँग पहिचान र व्यवस्थित गर्न सक्ने साथै अरूकाे ईमाेसनलाई पनि अाँकलन गर्न सक्ने क्षमतालाई ईमाेसनल इन्टेलिजेन्ट्स भनिन्छ ।
यसबाट ईमाेसनलाई चिन्न, बर्गिकरण गर्न, साेही अनुरूप साेच्ने शैलीमा दिशानिर्देश गर्न सकिन्छ । एउटा सफल व्यवस्थापक सदैब संयमित , बाैद्धिक र चलाख हुनु जरुरी छ । उसले परिस्थितिकाे वस्तुगत अवस्था र अरूकाे भावनात्मक संवेदनशीलतालाई पहिचान गर्न सक्नुपर्दछ ।
याैटा संस्थाभित्र प्रदत्त नियमित रूटिन भन्दा माथि उठेर जीवन र जगतकाे अध्ययन गर्ने, मानव व्यवहारकाे अध्ययन र विश्लेषण गर्ने, परिस्थिति र मनस्थितिमा हुने परिवर्तनको अवस्था पत्ता लगाउने, समय काे पूर्णरूपमा उपयाेग गर्ने , अरूबाट प्राप्त हुने ज्ञान वा सूचनामा सतही भएर विश्वास नगर्ने , साेच र खाेजकाे दायरालाई फराकिलो बनाउदै लैजाने अादि कुराहरूले व्यवस्थापककाे सफलतामा अहम् भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
ईमाेसनल इन्टेलिजेन्ट्स यथार्थरूपमा अाफुलाई चिन्नु, अरूलाई चिन्नु, परिस्थितिलाई चिन्नु र त्यसबाट अादर्शतम् नतिजा प्राप्त गर्नुसँग सम्बन्धित रहेकाे छ ।
आवश्यकता:
याे मनाेबैज्ञानिक र बृहत् बिषय भएकाेले यसका बुझाइ र व्याख्याहरू फरक फरक हुन सक्छन् । सरल रूपमा यसकाे अावश्यकतालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
- मान्छेकाे मनाेविज्ञान जटिल हुदाँ साेच, बिचार, धारणा , दृष्टिकोण अादि फरक हुन सक्छन् यसर्थ याैटै व्यवहारले सबैलाई एकै किसिमकाे प्रभाव पार्न सकिँदैन ।
- मान्छेकाे ईमाेसन र इन्टेलिजेन्स फरक बिषय भएपनि यी दुई बिषयलाई मिलाउन सक्ने हाे भने संगठनात्मक सफलता सुनिश्चित गर्न सकिन्छ ।
- व्यवस्थापकहरू सदैब भ्रमकाे दायरा(कम्फर्ट जाेन) भन्दा माथि उठेर वास्तविक तथ्य र प्रमाणकाे अाधारबाट मात्र निर्णय लिनुपर्दछ । जस्तैः भगवान श्रीकृष्णले वास्तविक सत्य बताएपछि अर्जुनले महाभारतकाे युद्ध लड्ने निर्णय गर्नुभयो ।
- संगठनमा कर्मचारीहरू आईसाेलेसनमा बसेर हैन कि समूह वा दलमा बसेर कार्य गर्दछन् । यसका लागि हरेकले आफुलाई र अरूलाई गहिराेसँग चिन्नु एकदमै जरुरी छ ।
- सफल व्यवस्थापकहरूले आफ्ना कर्मचारी हरू के चहान्छन् भन्ने कुरा मनन गरि साेही अनुसारकाे रणनीति तय गर्नु पर्दछ । आवश्यकता बमोजिमको व्यवहार गर्नुपर्दछ ।
यसै सन्दर्भमा डिनायल गाेेलेम्यान लेख्छन्: “संगठनमा सिइअाे बाैद्धिकता र व्यवसायीक दक्षताका कारणले छनाैट हुने गर्दछन् भने ईमाेसनल इन्टेलिजेन्ट्सकाे अभावकाे कारण उनिहरूलाई हटाइन सक्छ ।” “जब भावनाहरू बाैद्धिकतासँग मेल गराईन्छ तब जादु भन्ने कुरा जीवन्त रहन्छ ।”
ईमाेसनल इन्टेलिजेन्ट्सका तत्वहरू:
गाेलेम्यानले यसका निम्न ५ वटा तत्वहरू प्रस्तुत गरेका छन्;
१) स्व-जागरण(Self Awareness) : म के हुँ ? मेराे लक्ष्य के हाे ? मेराे याेजना के हाे ? मेराे उदेश्यप्राप्तिकाे मार्ग कुन हाे ? अादि प्रश्नकाे उत्तर खाेज्ने, भावनामा बहकिने भन्दा यथार्थवादी हुने ।अात्मारतिमा रमाउने भन्दा अाफुमा सकारात्मक व्यक्तित्वकाे विकास गर्ने । आत्माविश्वास अभिवृद्धि गर्ने।
२)स्व-नियमन(Self Regulation) : विवेकशीलताकाे विकास गर्ने, सही र गलत छुट्याउन सक्ने हुने। गलत कुराबाट टाढै बस्ने। खराब आचरणकाे परित्याग गर्ने । आफ्नाे ईमाेसन/आवेग लाई काबुमा राख्ने । काम क्राेध, लाेभ, माेहमा नफस्ने। अादि ।
३)उत्प्रेरणा(Motivation) : आफुमा र अरूमा उत्प्रेरणाकाे उच्चतम प्रयाेग गर्ने । सभांवित क्षमताको पूर्ण उपयाेगमा जाेड दिने। सदैब आशावादी बन्ने । हरदम सकारात्मक कुराहरूमा प्रयत्नशील रहिरहने बानीकाे विकास गर्ने अादि ।
४)समानुभूति(Empathy) : अरूलाई परैबाट जान्न सक्ने, छिटो बुझ्न सक्ने । अरूलाई महसुुस गर्न सक्ने । अर्काकाे साेच दृष्टिकोण र संभावना थाहा पाउन सक्ने । अरूसँगकाे सञ्चार स्पष्ट पार्ने । आपसी सम्बन्ध व्यवस्थापन गर्न सक्ने अादि ।
५)सामाजिक क्षमता(Social Skills) : अरूकाे आवश्यकता र मनाेभावना बुझ्न सक्ने र साेही अनुसारको व्यवहार गर्न सक्ने । अरूलाई नेतृत्व गर्न सक्ने साथै अरूकाे ख्याल राख्ने र असल सम्बन्धकाे विकास गर्न सक्ने ।
यी तत्वहरू पूर्णरूपमा अाफुमा लागू गर्न सक्ने व्यक्तिलाई ईमाेसनल इन्टेलिजेन्ट्स भएकाे व्यक्ति भनिन्छ । एउटा सफल नेतृत्वकर्ता वा सफल व्यवस्थापक हुनका लागि ईमाेसनल इन्टेलिजेन्ट्स काे गुण हुनु एकदमै जरुरी छ ।
ईमाेसनल इन्टेलिजेन्ट्सका फाईदाहरू: संगठनमा ईमाेसनल इन्टेलिजेन्ट्सका फाईदाहरू निम्न छन् ;
- सकारात्मक कार्यवातावरण निर्माण हुन्छ ।
- संरचनात्मक समायाेजन गर्न सहज हुन्छ ।
- कर्मचारीकाे शारीरिक र मानसिक स्वास्थ दुबै राम्रो हुँदै जान्छ ।
- गल्तिबाट सिक्ने र अावेग नियन्त्रण गर्ने बानीकाे विकास हुन्छ ।
- आलाेचनालाइ सकारात्मक ढंगले ग्रहण गर्ने पद्धतिकाे विकास हुन्छ ।
- भावना र यथार्थमा फरक छुट्याउने क्षमता विकास हुन्छ ।
- अनुयायी वा अन्य कर्मचारीलाई सुन्ने बानीकाे विकास हुन्छ ।
- असल सम्बन्ध निर्माण भई सम्बन्ध व्यवस्थापनले नयाँ उचाइ प्राप्त गर्छ ।
- संस्थामा द्वन्द्व र बैमनस्यता घट्दै जान्छ ।
- परिवर्तन व्यवस्थापन संस्थागत गर्न सकिन्छ ।
- सफल नेतृत्व विकास हुन्छ ।
- संस्था सदैब एक कदम अगाडि रहन्छ । अादि ।
व्यक्तिमा ईमाेसनल इन्टेलिजेन्ट्स विकास गर्ने केही उपायहरू:
१) आफ्नाे ईमाेसनलाइ खुला रूपले नियाल्ने । हामी क्रियाकाे प्रतिक्रिया कसरी गर्छाैं हेर्ने ।
२) काेही आफन्त, साथीभाइ , कार्यलयकाे कर्मचारी कसैले गरेकाे नकारात्मक बिषयमा कसरी प्रस्तुत हुन्छौं अवलोकन गर्ने । त्यहाँबाट स्व नियन्त्रण सुरू गर्न सकिन्छ ।
३) हामी दुःख , खुसी , रिस अादिमा कस्ताे व्यबहार प्रदर्शन गर्छाैँ र कस्ताे गर्नुपर्ने थियाे हेर्ने र समीक्षा गर्ने ।
४) आफ्नाे व्यवहारमा अपेक्षाकृत परिवर्तन अाउदै छ कि छैन निरन्तर अनुगमन गर्ने ।
५) आफु सँग सम्बन्धित बिषयहरूकाे यथार्थता, कारण र असर पत्ता लगाउने काेसिस गर्ने । खाेज अनुसन्धान लाई तिव्र बनाउने ।
६) हरेक कुरा बाेल्नुभन्दा अगाडि , हरेक काम गर्नुभन्दा अगाडि राम्रोसँग साेच्ने ।
७) आलाेचनाहरूलाई सकारात्मक ढंगबाट ग्रहण गर्ने बानी बसाउने ।
८) आफ्नाे व्यवहारले अरूलाई कसरी असर गर्छ बुझ्ने ।
९) आफुमा सदैव सकारात्मकताकाे विकास गर्ने ।
१०) ईमाेसनल इन्टेलिजेन्ट्स एकै पटकमा प्राप्त हुने बिषय हाेइन । अत: माथि उल्लेखित कुराहरूकाे निरन्तर अभ्यास गरिरहने ।
आजकाे युगमा ईमाेसनल इन्टेलिजेन्ट्स हरेक संगठनकाे लागि अपरिहार्य , अनिवार्य र महत्त्वपूर्ण तत्व बन्न पुगेकाे छ । २१अाै शताब्दीका कर्मचारीलाई मेसिनकाे रूपमा व्यवहार गर्ने, सबैलाई एउटै व्यवहार प्रस्तुत गर्ने साथै कर्मचारीका भावना, विचार, संवेदनशीलता र मनाेविज्ञानलाई वर्गिकरण नगरेर बेवास्ता गरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने भ्रम गलत साबित हुँदै गएकाे परिप्रेक्ष्यमा व्यवस्थापक र संगठन दुवै सफल हुनका लागि ईमाेसनल इन्टेलिजेन्ट्सकाे प्रयाेग अत्यन्तै अावश्यक र सान्दर्भिक हुने देखिन्छ । साथै संगठनात्मक सफलताकाे याे अस्त्र भाेलिका दिनमा कर्मचारी छनाैटकाे थप एक अाधारकाे रूपमा स्थापित हुने संभावना समेत प्रबल हुँदै गएकाे छ ।
(लेखक नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, सेन्ट्रल ट्रेड फाइनान्स डिभिजनमा कार्यरत कर्मचारी हुन् । यस लेखले निजकाे कार्यरत सस्थांसँग कुनै सराेकार राख्दैन ।)
 
       
        
 
 
 
 
 
  
 
  
 
 