Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

connectIPS मा नेपाल बाङ्गलादेश बैंकको खाता अन्लाईन link गर्न सकिने

२०७७ भाद्र ११ गते

बैंकिङ खबर । नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता ष्लिप गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अन्लाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अन्लाईनबाटै connectIPS मा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ ।

बैंकका ग्राहकले connectIPS मा “Link Account” भित्र आफ्नो खाता link गरिसकेपछी “Self Verify Account” मा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, OTP (One Time Password) र Micro Deposits को आधारमा सुरक्षित रुपमा अन्लाईन verification हुने व्यवस्था रहेको छ । नेपाल बाङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको छ ।

अन्लाईनबाटै connectIPS मा खाता link गर्ने सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको बिषम परिस्थितिमा पनि ग्राहकले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न सकिने भएको छ । बैंक वित्तिय संस्थाका ग्राहकहरुले connectIPS को वेभसाइट (www.connectips.com), यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको connectIPS तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा Payment gateway को रुपमा जोडिएको connectIPS मार्फत् सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

Ad