Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ईश्वर पोखरेलका सम्धी

२०७७ भाद्र ९ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्ष पदमा उपेन्द्रकुमार कोइरालालाई बनाउने निर्णय भएको हो । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । सरकारको निर्णय अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने जनाइएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । त्यसपछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्त भए । गुणस्तरहीन उत्तर पुस्तिका खरिदमा भ्रष्टाचारको आरोप लागेका उनी सार्वजनिक लेखा समितिले छानबिन गरेपछि राजीनामा थिए ।

Ad