Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकवित्त निर्वादपूर्ण संचालनमा, कर्मचारीलाई हिडडुलमा सहजिकरण

२०७७ भाद्र ५ गते

बैंकिङ खबर । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु ढुक्कसँग संचालनमा आएका छन् । प्रहरीले आवतजावतमा सहजीकरण गरेको र बैंकको परिचयपत्र भएकाहरुलाई परिचयपत्रकै आधारमा हिडडुल गर्न दिइएको ट्राफिक प्रहरी कार्यालले जनाएको छ । बैंकहरुले काठमाडौं, ललितपुर र भक्तपुरमा सिमित शाखचाबाट सेवा दिएका छन् । सबैजसो बैंकले आफ्नो केन्द्रीय कार्यालय भने सञ्चालन गरेका छन् । यसअघि विहीबार बैंकका कर्मचारीलाई प्रहरीले हिडडुलमा रोक लगाएपछि बैंकर्स संघले सबै बैंकका शाखा बन्द गराएको थियो । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने विहीबार पनि सेवा दिएका थिए ।